चौतर्फी बिरोधपछि खुलामञ्चमा डोजर चल्यो

काठमाडौं । महानगरपालिकाले आज दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ। खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै चर्को आलोचना भएपछि महानगरपालिकाले त्यहाँका संरचना भत्काउन डोजर चलाएको हो।

महानगरपालिकाको निर्देशनलपछि त्यहाँका संरचना हटाउन डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले जानकारी दिए।

Advertisement

खुलामञ्च अतिक्रमण गरेरबनाइएका सटर लगाउतका संरचनाहरु डोजरले भत्काउन थालेपछि पसलेहरुमा रुवावासी चलेको छ।

More News last news
Loading...