काठमाडौँ । काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ।
काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज दिएको ध्यानाकर्षणपत्र बुझ्दै कामपा प्रमुख शाक्यले अतिक्रमण गरी बनाइएको सबै संरचना भत्काउने तयारी भइरहेको स्पष्ट पारे।
कामपाले नै उक्त सटर निर्माण गर्न अनुमति दिएको जनाउँदै ध्यानाकर्षणपत्रमा भनिएको छ, “सार्वजनिक रुपमा राखिएको व्यावसायिक सटरहरु तत्काल हटाउनुपर्छ सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्छ। ” प्रमुख शाक्यले ‘खुला मञ्च’ को समस्या समाधान गर्न उपप्रमुखले असहयोग गरेको जिकिर गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
