काठमाडौं । आज शुक्रबार देशका पूर्वी तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ।
विभागका अनुसार देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा हुनेछ। अहिले काठमाडौँमा भने वर्षा भईरहेको छ।
त्यसैगरी रातिको समयमा देशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
