काठमाडौँ । सरकारले चीन सरकारबाट प्राप्त हुने एक अर्ब युआन सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले चीनले दिने एक अर्ब युआन अर्थात् करिब १६ अर्ब ८० करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय गरिएको बिहीबार सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा, प्राविधिक सहायक रथी डा. सुनिलकुमार सिंहलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरेको छ । पाँच जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नती समेत गरिएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
