प्रदेश नं ५ मा ६ दिन सार्वजनिक विदा  

बुटवल । प्रदेश नं ५ प्रदेश सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ४ दिन प्रदेशका सबै जिल्लामा र २ दिन जातजाति तथा समुदाय अनुसार बिदा दिने निर्णय गरेको हो ।

Advertisement

बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते, प्रदेश स्थापना दिवशमा फागुन ३ गते प्रदेश सरकारले विदा दिने प्रदेश सरकारले जनाएको छ ।

यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयअनुसार एक दिन र रमजानमा विदा दिइनेछ ।

बैठकले प्रदेश नम्बर ५ सरकारले विभिन्न प्रकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाई १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

More News last news
Loading...