सिन्धुलीमा टेम्पो दुर्घटना, एक जनाको मृत्यु, ७ घाइते

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ सहान कपिलाकोटामा अटो टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी अन्य ७ जना घाईते भएका छन्।

नयाँवस्तीबाट सहानतर्फ जाँदै गरेको ना १ ह ४६४९ नम्बरको अटो बुधबार दिउँसो २ बजेतिर अनियन्त्रित भई दुर्घटना हुँदा मरिण गाउँपालिका- ३ की वर्ष ३७ की शान्तीमाया योञ्जनको मृत्यु भएको प्रहरीले जनाएको हो।

Advertisement

दुर्घटनामा मरीण गाउँपालिका ३ चनौटे बस्ने ५५ वर्षीय अटो चालक श्रीलाल माझी, सोही ठाउँका ६० वर्षीय खड्कबहादुर श्रेष्ठ, मरिण गाउँपालिका ४ का ४५ वर्षीया चिनिमाया वाइवा, मरिणकै ५ की १२ वर्षीया अन्जना थोकर गम्भीर घाइते भएका छन्।

यस्तै मरिण गाउँपालिका ५ की २५वर्षीया संगीता वाइवा, ३ बस्ने १४ वर्षीया संगीता लो र सोही ठाउँ बस्ने २५ वर्षीया मिनु कुमारी योञ्जनको पनि कम्मरमा चोट लागेको छ। घाइते सबैको कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको अटो सडकबाट करिब २७ फिट तल खसेको सिंहले जानकारी दिएका छन्।

More News last news
Loading...