काठमाडौं । दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ। उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ। यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ। यहाँ ओठको बनावट र त्यसले मानिसमा पार्ने प्रभावका बारेमा चर्चा गरिएको छ।
दुबै ओठ मोटो : यस्तो व्यक्ति बढि बोल्ने हुन्छ। उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन । खानपानमा विशेष रुचि राख्ने हुन्छ। साथै धेरै खाना खाने स्वभावको हुन्छ।
दुबै ओठ पातलो : यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ।
माथीको ओठ ठुलो : यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन।
तल्लो ओठ ठुलो : यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन । यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन। अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन।
रक्तिम ओठ : शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ। यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन। उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन।
कालो ओठ : यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ । यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
