काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन्।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो।
यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीनको भ्रमणमा गएपनि उनले राजकीय सम्मान भने पाएका थिएनन् । जबकी दक्षिणी छिमेकी देश भारतले भने रामवरण यादव राष्ट्रपति बनेलगत्तै उनलाई राजकीय सम्मानका साथ स्वागत गरेको थियो। तर चीनले भने राजकीय सम्मानका साथ स्वागत गर्न १० वर्ष लगाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन् राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी रहेका छन्। उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन्। उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
