काठमाडौं । चीनबाट नेपाल आउँदै गरेको कन्टेनर ट्रक चेकजाँचका क्रममा प्रहरीले सात किलो सुन बरामत गरेको छ। प्रहरीले रसुवाको टिमुरेबाट सात किलोसुनसहित एक जनालाई पक्राउ गरेको हो।
चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०६८ नम्बरको लोडेड कन्टेनर ट्रक लुकाईछिपाई सुन ल्याएको अवस्थामा चेकजाँच गर्ने क्रममा सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्साका शेर ग्याल्पो घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागेर प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला पारेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
