टाढाको यात्रामा निस्कदै हुनुहुन्छ ? भुलेर पनि नगर्नुस् यी ५ गल्ती

यदि तपाई कुनै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने विचार गर्नुस् । टाढाको यात्रामा निस्कदा यी ५ गल्तीहरु गरेमा अशुभ हुने ज्योतिषी शास्त्रीहरु बताउछन्।

१ . पहिलो कुरा लामो यात्रामा निस्कदा नकारात्मक शब्दको प्रयोग गर्नु हुदैन्। यात्रामा जानु अघि नदी, आगो, हावा ,देवी देवता, वृद्द आमा बुवालाई सम्झनुपर्छ।

Advertisement

२ . दोस्रोमा लामो यात्रामा निस्कदा पहिले आफ्नो खुट्टा बाहिर निकाल्नुहोस्। गरिब र दुखीको सेवा गर्नुस्।

३ . तेस्रोमा यदि मंगलबारको दिन लामो यात्रामा घरबाट निस्कदै हुनुहुन्छ र उत्तर दिशाको यात्रा गर्नु छ भने मिठाई खाएर निस्कनुहोस्। बुधवार धनिया वा तिल ,बिहीवार दही खाएर ,शुक्रवार जौ खाएर र शनिवारको दिन अदुवाको सानो टुक्रा वा कालो दाल खाएर निस्कनु राम्रो मानिन्छ।

४ . चौथोमा यदि लामो यात्रामा निस्कदै गर्दा बाटामा बिरालोले बाटो काट्यो, कौवा टाउकोमा बस्यो, अगाडि कसैको लाश देखिए, हाछ्यु आए, कसैले टोक्यो भने अशुभ मानिन्छ। त्यसैले तपाईको त्यो यात्राको समय सार्नु पर्दछ।

५ . पाचौमा यात्राको क्रममा निस्कदा सुन्दर स्त्री ,पानीले भरिएको भाडो, बाच्छालाई दुध खुवाउदै गरेको गाईलाई देखिनु शुभ संकेत मानिन्छ।

More News last news
Loading...