दमौली । पोखरा-७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन्।
बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर-३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो।
दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ। उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन पौडेलले लेखेका छन्।
उनको अवस्थामा सुधार आए अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
