श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बेचेर बालुवाटारमा जग्गा किनेँ : बिष्णु पौडेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले श्रीमतीको नाममा भएको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको स्पष्टीकरण दिएका छन्।

शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै पौडेलले आफ्नो छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्नेगरी प्रकाशितरप्रसारित समाचारहरूप्रति दुःख व्यक्त व्यक्त गरेका छन्।

Advertisement

More News last news
Loading...