घरमा यी ५ मूर्ति राख्नुहोस्, सधै हुन्छ खुसी र समृद्धि

संसारको हरेक ठाउँमा बस्ने मानिसको धर्म आस्था फरक फरक रहेको छ । धर्म अनुसार सबैले आ आफ्नो घरमा फरक फरक भगवानको मूर्ति राखेर पूजा गर्ने गर्छन् ।यसरी आफ्नो धर्म अनुसार को आस्था बोकेको भगवानको तस्वीर घरमा राखेर पूजा गर्दा भगवान प्रसन्न भइ व्यक्तिलाई आशिस दिन्छ भन्ने मान्यता रहेको छ ।हरेक दिन भगवानको पूजा गरेर आफुले चिताएको कुरा भगवान समक्ष राखेमा सबै कुरा पुरा हुने विश्वास रहेको छ । यद्यपी हिन्दुधर्मअनुसार हरेक घरमा ५ देवीदेवताको मूर्ति राखेर पूजा गरे भगवान प्रसन्न भएर व्यक्तिको आस्था पुरा गर्ने विश्वास रहेको छ।

त्यसको लागि पाँचै भगवानको पंचायतन मूर्ति राखेर पंचायत विधिद्धारा पूजा गर्नुपर्छ ।पंचायतन पूजालाई सर्वश्रेष्ठ मान्ने गरन्छ । त्यसको लागि गणेश, विष्णु, शिव, दुर्गा र सूर्यको पूजा गरिन्छ । पाँचै देवहरुको आफ्नै स्थान रहेको हुन्छ ।ईष्ट देव अनुसार सिंहासन खडा गर्न आवश्यक रहेको छ । त्यसकारण आज हामी तपाईहरुर्ला पंचायत सिंहासनमा खडा भएका देवतालाई कसरी राख्ने भन्ने बारेमा बताउन गइरहेका छौँ ।

Advertisement

१) गणेश भगवानलाई पंचायतन ईष्ट देवताको रुपमा लिइएको छ भने पूजा स्थानमा गणेश भगवानको स्थापना गर्नुपर्छ । त्यसको लागि उत्तरमा विष्णु, दक्षिण्मा शिव, मध्य भागमा गणेश, पश्चिममा सूर्य देवता र उत्तर पश्चिममा देवीको स्थापना गर्नुपर्छ ।

२) यदि शिवलाइृ इष्ट देव मान्ने चलन रहेको छ भने आफ्नो घरमा पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनकोे उत्तर पूर्वी भागमा विष्णु, दक्षिणपूर्वमा सूर्य, मध्य भागमा शिव, गणेश,दक्षिण पश्चिममा गणेश र उत्तर पश्चिमको भागमा देवीलाई राख्नुपर्छ ।

३) यदि तपाईको घरमा ईष्ट विष्णु भगवान मान्ने गरेको छ भने आफ्नो पूजा स्थानमा विष्णुलाई पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनको उत्तर पूर्वमा शिव, दक्षिणपूर्वमा गणेश, मध्यमा विष्णु, दक्षिणपश्चिममा सूर्य र उत्तरपश्चिम भागमा देवी स्थापना गर्नुपर्छ।

४) यदि तपाईहरुले घरको ईष्ट देवको रुपमा देवीलाई लिने गर्नुभएको छ भने पंचायत पूजास्थान स्थापना गर्नुपर्छ। यसको लागि सिंहासनको उत्तर पूर्वमा विष्णु, दक्षिण्पूर्व शिव, मध्यमा दुर्गा र दक्षिणपश्चिममा गणेश र उत्तरपश्चिमको भागमा सूर्यको स्थापना गर्नुपर्छ। यसको लागि उत्तर पूर्वमा विष्णु, दक्षिणपूर्वमा शिव, मध्यमा दुर्गा र दक्षिण पश्चिममा गणेश र उत्तरपश्चिममा सूर्यको स्थापना गर्नुपर्छ।

५) यदि तपाईको परिवारमा सूर्यलाई ईष्टदवको रुपमा मान्दै आउनुभएको छ भने सूर्यदेवको पूजा स्थान स्थापना गर्नुपर्छ। त्यसको लागि पूजा स्थानको उत्तर पूर्वमा शिव, दक्षिणपश्चिममा गणेश, मध्यमा सूर्य दक्षिण पूर्वी भागमा विष्णु र उत्तरपूर्वी भागमा दुर्गाको स्थापना गर्नुपर्छ।

More News last news
Loading...