सबैभन्दा भाग्यमानी हुन्छन् यी बार जन्मने ब्यक्ति

काठमाडौँ । ज्योतीष शास्त्र अनुसार हरेक व्यक्तिको जन्मबारले जीवनमा निकै प्रभावपर्ने बताएको छ। व्यक्तिको जन्मबार र समयको आधारमा नै व्यक्तिको जन्म कुण्डली निर्माण गरेर भविष्यवाणी गर्ने गरिन्छ। आइतबारको दिन सूर्यको रुपमा रहेको हुन्छ । सोमबार चन्द्र हो भने मंगलबार मंगलको हुन्छ।

बुधबार बुधको बिहीबार वृहस्पतिको भने शुक्रबार शुक्र ग्रहको बढी प्रभाव रहेको हुन्छ । त्यस्तै शनिबार शनिलाई मानिन्छ। त्यसकारण आज हामी तपाईलाई कुन बार जन्मने व्यक्तिले कति सम्पति कमाउँछन् भन्ने बारे बताउन गइरहेका छौँ।

Advertisement

आइतबार : आइबार जन्मने व्यक्ति निकै भाग्यमानी हुन्छन् । कम बोल्ने र शिक्षा क्षेत्रमा अगाडी रहेको व्यक्तिहरुमा धार्मिक आस्था बढी रहेको हुन्छ भने लामो आयु भएका व्यक्ति यो राशीमा पर्छन् । प्रेम विवाह गर्ने यो राशीका मानिसले आफ्नो घरपरिवारमा खुसी ल्याउन अनेक प्रयास गर्छन् । आइतबार जन्मने व्यक्ति धेरै रिसाउने भएतापनि धेरै मान्छेको विश्वासको पात्र बन्ने गर्छन्।

सोमबार : सोमबार जन्मने व्यक्ति पनि भाग्यमानी हुन्छन् । स्मरण तेज निकै हुने भएको कारण यो बार जन्मने व्यक्तिको बोलीमा मिठासपन हुनुको साथै स्मरण तेज पनि धेरै हुन्छ । यस्ता ब्यक्तिको जीवनमा दुःख सुख बराबरी हुने गर्छ। कुशल बहादुर र विद्धान हुने भएकाले यो बार जन्मने पुरुष ब्यक्ति माया गर्ने भएपनि लोभी हुने भएकाले श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ।

बिहिवार : बिहीबार जन्मने ब्यक्ति निकै मेधावी र शान्त स्वभावका हुन्छन्। समझदार ब्यक्ति भएको कारण यी ब्यक्तिहरुको भाग्य ३० वर्षको उमेर नाघेपछि भाग्य खुल्ने देखिएको छ। त्यतिबेला मात्र धन सम्पति कमाउने अवसर मिल्नेछ। धेरै सम्पति कमाउने भएको कारण यो राशी भएका मानिसहरु मन खोलेर खर्च गर्ने गर्छन्। सबै कुराको नेतृत्व गर्न सक्ने गुण भएको कारण यो बार जन्मेका व्यक्ति जुनसुकै क्षेत्रमा पनि सजिलै सफलता हासिल गर्न सक्छन्।

शुक्रबार : यो बार जन्मेका व्यक्तिको मन दिमाग र शरिर निकै राम्रो हुने गर्छ। निकै मिठो स्वर भएको कारण यो बार जन्मने व्यक्तिले छिट्टै सफलता हात पार्छन्। यो बार जन्मने व्यक्तिलाई २०,२४ वर्षको उमेरमा दुःख कष्ट आएपनि मेहनत र परिश्रमले प्रशस्त धन कमाउँछन्। यो बार जन्मने व्यक्तिले गरेको कामको नतिजा ढिलो आएपनि सकारात्मक भएर आउँछ।

More News last news
Loading...