काठमाडौ । अहिले नेपाली राजनीति बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरण वरिपरी घुमिरहेको छ । यस प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई निलम्बन गर्नुपर्ने भन्दै पार्टी भित्र बहस सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले प्रारम्भिक रूपमा महासचिवबाट गल्ती भएको उहाँले बुझेको सङ्केत दिनु भएको छ । तर उहाँले त्यसबारे थप तथ्यहरू सङ्कलन गरिरहेको जानकारी दिनु भएको छ ।
महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गर्नुभएको छ । तर, सरकारका प्रवक्ता गोकुल बास्कोटाले पौडेलले त्यो जग्गा व्यक्तिबाट किनेको बताउनु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
