ज्योतिष शास्त्रअनुसार कुनै पनि ब्यक्तिको स्वभाव र ब्यक्तित्वको जन्म समय अनुसार स्वभाव र ब्यक्तित्व बताउन सक्ने ज्योतिषाचार्य पं.मनिष शर्माले बताएका छन्। राती जन्मेको ब्यक्ति र दिनमा जन्मेका मानिसको फरक फरक हुने बताइएको छ।
शर्माको अनुसार राती जन्मेको मानिसहरुले धेरै जोखिम मोल्नुपर्ने बताइएको छ भने दिनमा जन्मेका मानिस आफ्नो काम प्रति धेरै इमान्दार हुनेछन्। त्यसैले आज हामी तपाईहरुलाई दिउँसो र राती जन्मेका ब्यक्तिको स्वभावको बारेमा बताउन गइरहेका छौँ ।
यस्तो हुन्छ दिनमा जन्मेका ब्यक्तिको स्वभाव :
१.दिउँसो जन्मेको ब्यक्तिभन्दा राती जन्मेका मानिस साहसी हुने गर्छन् ।
२.स्वास्थ्यको दृष्टिले हेर्ने हो भने दिउँसो जन्मेका ब्यक्ति भन्दा राती जन्मेका मानिस भाग्यमानी हुन्छन् ।
३.कामको तुलनामा राती जन्मेका ब्यक्तिभन्दा दिनमा जन्मेका ब्यक्ति जागरिला हुन्छन् । राती जन्मेका ब्यक्ति काम गर्नमा अल्छि हुन्छन् ।
४.दिउँसो जन्मेका ब्यक्तिहरु भावुक हुन्छन् । अरुको समस्या देख्न नचाहने भएकाले सहयोगको लागि छिट्टै तयार हुन्छन्।
५.दिउँसो जन्मेका ब्यक्ति भगवान प्रति आस्था राख्नछन्।
६.शान्तिपूर्वक काम गर्न चाहन्छन् ।
७.राती जन्मेका भन्दा दिउँसो जन्मेका ब्यक्ति कम रिसाउँछन् ।
८.दिउँसो जन्मेका ब्यक्तिले घरपरिवार र समाजमा मान सम्मान पाउँछन् ।
९.आफ्नो कर्मसहित आफ्नो भाग्यमा पनि विश्वास गर्छन् ।
१०.आफ्नो जीवन साथीप्रति इमानदार हुने भएकाले उनीहरु सबैको खुसीलाई ध्यानमा राख्छन् ।
हेर्नुहोस् रातीमा जन्मेका मानिसको स्वभाव :
१.राती जन्मेका ब्यक्तिको कुण्डलीमा बृहस्पछि र राहु बलियो हुने भएकाले उनीहरुलाई कहिल्यै पैसाको कमी हुँदैन् ।
२.राती जन्मेका मानिस बढी आलोचक हुन्छन् । त्यसकारण उनीहरुलाई धेरैले आलोचना गरेका हुन्छन् ।
३.राती जन्मेका ब्यक्ति निकै फ्रेन्डली हुने गर्छन्। दिउँसो जन्मेका भन्दा राती जन्मेका ब्यक्ति साथी बनाउनमा माहिर हुन्छन् ।
४.राती जन्मेका ब्यक्ति आत्माविश्वासी हुने गर्छन्। त्यसकारण उनीहरु सार्वजनिक स्थलमा आफ्नो कुरा खुलेर प्रस्तुत ष्र्न सक्छन् ।
५.यी ब्यक्तिहरु कल्पनासिल र रचानात्मक हुने गर्छन्।
६.उनीहरु जस्तोसुकै जोखिम मोलन पनि तयार हुन्छन्।
७.चाडै समस्याको पहिचान गरेर आफ्नो समस्या पत्ता लगाउन सक्छन् भने समस्याको समाधान पनि छिट्टै गर्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
