केन्याको बारबाट पक्राउ परे १२ नेपाली महिला

काठमाडौं । केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ। उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु-याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो। त्यसक्रमा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ।

Advertisement

उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ। प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन्।

प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्र्चयको विषय रहेको प्रहरीले बताएको छ। केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ।

More News last news
Loading...