काठमाडौँ । मनमा शान्ति हुन्छ, मनोकामना पुरा हुन्छ भनेर दैनिक भगवानको पुजा आरधाना गर्ने चलन रहेको छ । तर मन्दिरमा पुजा गर्न जाँदा गरिएका सामान्य गल्तिको कारण मनमा अशान्ति हुन्छ । तर यो किन भइरहेको छ भन्ने बारे राम्रो जानकारी नहुन सक्छ। आफ्नो मनोकामना पुरा गर्नको लागि जोसँग अपेक्षा राखेका हुन्छौँ उसको मनोकामना पनि पुरा गर्नु जरुरी हुन्छ । त्यसैले आज हामी तपाईलाई मन्दिरमा पुगेर पुजा गर्ने समयमा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा बताउन गइरहेका छौँ ।
१.पुजा गर्दा शिव गणेश र भैरवलाई तुलसी चढाउनु हुँदैन् ।
२.ननुहाइ टिपेको तुलसीको पातलाई भगवानको मन्दिरमा चढाउँदा भगवानले त्यसलाई स्वीकार गर्दैनन् ।
३.११ दिनसम्म पनि ताजै मानिने तुलसीको पातलाई जल चढाएर भगवानलाई जल अर्पण गर्न सकिन्छ ।
४.तुलसीको पात बिहीबार, एकादशीको दिन, संक्रान्तिको दिन र साँझको समयमा टिप्नु हुँदैन् ।
५.पुजा गर्दा भगवान सूर्य देवलाई शंखको जल दिनु हुँदैन् ।
६.दुवोलाई बिहिबारको दिन टिप्नु हुदैन् ।
७.बिहीबार र बुधबार पिपलको रुखमा जल चढाउनु राम्रो हुँदैन् ।
८..प्लास्टिकको बोतल वा कुनै अपवित्र भातुको भाडाँमा राखिएको गंगाजल भगवानलाई चढाउनुहुँदैन् । अपवित्र मानिएका भातु जस्तै आल्मुनियम तथा फलामबाट बनेका भाँडाहरुमा राखेर चढाउँदा अपवित्र मानिन्छ । त्यसकारण तामाको भाँडामा गंगाजल राखेर चढाउनु पवित्र हुन्छ ।
९.पुजा गर्दा केतुकीको फुल शिवलिंगीमा चढाउनु हुँदैन्।
१०.कुनै मनोकामना पुरा गर्न भगवानलाई दक्षिणा चढाउनु आवश्यक छैन्।
११.लक्ष्मीलाई चढाइने कमलको फुल पाँच दिन सम्म त्यसबाट जल अर्पित गर्न हुन्छ।
१२.घरको स्थापना गरिएो मन्दिरमा बिहान साँझ दिप बाल्नुपर्छ।
१३.पञ्चदेवताको रुपमा मानिने सूर्य, गणेश, दुर्गा र शिव भगवानलाई अनिवार्य रुपमा पूजा गर्नुपर्छ। पुजा गर्दा प्रत्येक दिन यी देवतालाई ख्याल गर्नुपर्छ । यसो गर्नाले लक्ष्मीको कृपाले घरमा समृद्धि प्राप्त हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
