काठमाडौँ । एक वर्ष पुगिसक्दा पनि दुईतिहाइको सरकारले जनताको भावनाअनुरूप काम गर्न नसकेको भन्दैनेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरेको छ।
दुईतिहाई सरकार गठन भएको यतिका समय हुँदा पनि जनताको भावना अनुरुप कुनै काम हुन नसकेको र प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसमा मौनता देखाएको विद्यार्थी संघको आरोप छ।
नेवि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य र संघकै निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै काफ्लेले वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए।
सरकारको अराजकतामा काँग्रेस नेतृत्व मौन रहेकोमा आक्रोशित हुँदै काफ्लेले भने,’ हाम्रो पार्टीका सभापति पार्टी कब्जा गर्न ब्यस्त हुनुहुन्छ । उता प्रधानमन्त्री देश कब्जा गर्न । दुबै अधिनायकवादी नेतृत्वको विरुद्धमा हाम्रो अभियान हो, पार्टी सभापति गुठभन्दा माथी उठेर काम गर्न दबाव दिनु।’
कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा नेवी संघका नेता, डील्लीराम सुबेदी,बल्देब तिमल्सिना ,माधब ढकाल, सुशील भट्ट, युबराज पान्डे, जित सेरचन, गर्णेस सापकोटा ,इस्बर अधिकारी, विपिन अधिकारी, नमराज त्रीपाठी, हरी आचार्य,सम्बोधन गरिसकेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
