कुम्भ र मिन राशिका लागि कस्तो रहला २०७६ साल ? दुई राशिले अवश्य पढ्नुहोला

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । व्यक्तिगतभन्दा सामाजिक एवं अर्काको कार्यमा समय दिनपर्ने छ । केही हद्सम्म सामाजिक प्रतिष्ठा आर्जन गर्नपनि सकिने छ ।

अल्लि विशेष महत्त्व दिएका कामकार्यहरूमा भने अबरोध सृजना हुनसक्ने देखिन्छ । कतिपय कामहरू अन्तिममा पुगेर अल्झिनसक्ने छन् । व्यापार–व्यवसायी तथा फार्मिङ्ग कृषक तथा उद्यमीलाई साख बचाउन धौधौ पर्नसक्ने छ । जसको ज्योतिषीय उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

Advertisement

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ । तसर्थ ग्रहउपचारको साथमा विद्यार्थीहरूले अध्ययनमा विशेष जोड् गर्नु पर्ला । गृहस्थीहरूलाई सन्ततिकष्ट, सन्तानसँग अमेल आदिको सम्भावना प्रतित् भइरहेको छ । गर्भवती दम्पतिले विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ । पछि पर्दाफास हुने अवैधकार्य एवं कुधनको कुचेष्टा तर्फसमेत मन आकर्षित हुनसक्ने कुरालाई नकार्न सकिन्न । चोटपटक, घाऊखटिरा, पिलो, ग्रन्थी सुजन, पेटसँग सम्बन्धित रोग आदिले सताउन सक्नेछ ।

वर्षको मध्य उपरान्त ग्रहको स्थितिमा केही सुधार आउने र परेका समस्यामा कमि आउने तथा रोकिएर रहेका कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ भने अन्यलाई पेशामा उन्नति भई लाभ मिल्नेछ । स्वास्थ्य लगायत सम्भावित अनिष्ट एवं ग्रहजनित दुष्प्रभाव तथा रोकावटलाई निवाराण गर्नको लागि भैरवदेव र माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति व्रत आदि गर्नु हितकर हुने छ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
यो वर्ष मीन राशिको लागि संघर्षकर देखिएको छ । उपलब्धि हातपार्न कठिन पर्ने देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा भने संघर्षको वाबजुत पनि केही सफलता मिल्ने छ । भलै कठिनाइको बढी अनुभूति किन नहोस स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्ने छ । लामो छोटो यात्राको पनि सम्भावना देखिएको छ ।

जन्मकालीन ग्रह अनुकूल हुनेलाई आकस्मिक रूपमा नसोंचेको सफलता एवं लाभ मिल्नसक्ने छ । तर राज्य एवं सामाजिक र व्यवसायिक काममा अनपेक्षित लाभ भयो भन्दैमा मख्ख भने नपर्नु होला । अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । अल्लि सावधानी पनि अप्नाउनु होला कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना छ।

जन्मकालीन ग्रह प्रतिकूल पर्नेहरूलाई दैनिक कामकार्य तथा व्यवहार चलाउन पनि धौधौ पर्नसक्ने छ। पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । विशेष होसविचार तथा संयम नपनाए ईज्जत प्रतिष्ठामै धक्का लाग्नसक्ने छ ख्याल पुर्याउनु पर्ला । खाईपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा अर्थात भोगाधिकारबाट हात झिक्न पर्नसक्ने छ । घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा असमझदारी बढ्ने, कष्ट पर्ने, टाढिनुपर्ने आदिलाई नकार्न सकिन्न। मान्यजन कष्ट, परिवारमा रोगव्याधि, शत्रुवृद्धि, पशुचौपाया तथा वाहनादिबाट खतिक्षति जस्ता विपरित फलको पनि लक्षण देखिन्छ।

More News last news
Loading...