१४ महिनासम्म ओली सरकारले सिन्को भाँचेन : काँग्रेस नेता प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले कर्मचारीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न आग्रह गरेका छन्।

नेपाल वित्तिय संस्था कर्मचारी संघ, कर्मचारी सञ्चय कोषको २९ औं स्थापना दिवस तथा नयाँवर्ष २०७६ सालको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले वैयक्तिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लागेर काम गर्न सबै कर्मचारीलाई आग्रह गरे।

Advertisement

नयाँवर्षको शुभकामना दिदै पौडेलले नयाँ संरचना सहितको नेपालमा सञ्चय कोषलाई पनि नयाँ बनाउने कुरामा ईंगित गर्दै सञ्चयकोषको नेतृत्वले सञ्चयकोषमा जम्मा भएको पूजीँलाई सही ठाँउमा योजना बनाउँदै लगानी गर्न सुझाव दिए।

उनले भने, देशमा प्रयाप्त पैसा जम्मा भएर खुम्चिएर बसेको छ । तर हामी लगानी सम्मेलन गर्छौँ र पैसा जुटाउँदै छौँ, अब सबैले वैयक्तिक स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लागी गरी समृद्धिमा सहयोग पुराउन पुर्याउनु पर्छ।

उनले अब पेन्सन फण्डको जिम्मा समेत यही संस्थाले लिएपछि यसको व्यवस्थापन र सांगठनिक संरचना चुस्तदुस्त हुन आवश्यक रहेको औँल्याए।

फरक प्रसंगमा वर्तमान दुईतिहाई सरकारले चौध महिनासम्म कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै नेता पौडेलले अब सरकारले जनताको हकहितमा काम गर्नु पर्ने सुझाव दिए।

 

More News last news
Loading...