नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस निकट लोकतान्त्रिक प्यानलै विजयी

काठमाडौँ । नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक प्यानल विजयी भएको छ।

उद्योग वाणिज्य संघको उध्यक्ष पदमा काँग्रेस निकट लोकतान्त्रिक प्यानलका ताराबहादुर कार्की भारी मतअन्तरले विजयी भएका हुन्। उनले नेकपा निकट प्रगतिशील उम्मेद्वार रमेश श्रेष्ठलाई फराकिलो मतअन्तरले पराजित गर्दै जित हात पारेका हुन्।

Advertisement

निर्वाचनमा खसेको १ हजार ४ सय ६२ मतमध्ये विजयी कार्कीले ८ सय १७ मत र पराजित श्रेष्ठले ५ सय ९४ मत ल्याएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट नै गीता अमात्य विजयी भएकी छिन्। उनले ८ सय ६४ मत ल्याएर जित्दा प्रतिद्वन्दी रामकृष्ण भण्डारी ५ सय ४५ मत ल्याएर पराजित भएका छन् ।

कांग्रेस निकट उम्मेदवार प्रथम उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सन्तोष उप्रेति र महासचिवमा कृष्णप्रसाद अधिकारीले जितेका छन् ।

विजयी उमेद्वारहरुलाई शुभकामना दिदै नेता अर्जुननरसिंह केसीले बाम गठबन्धनको अधिनायकवाद अब धेरै समय नटिक्ने भन्दै झुट र भ्रमको खेति गरेर जनतालाई झुक्याएको बताए।

साथै नेता केसीले काङ्ग्रेस आफै एकजुट हुँदा कसैले बिगार्न नसक्ने भन्दै पार्टी भित्र व्यापक सुधारको खाचो रहेको बताए। बधाई तथा शुभकामना कार्यक्रममा नुवाकोट नेका पार्टी सभापति जगदिश्वर नरसिंह केसी र नवनिर्वाचित अध्यक्ष ताराबहादुर कार्कीले धन्यवाद ज्ञापन व्यक्ति गरेको नेबिसघंका नेता निरन्जन थापाले जानकारी दिए।

लाइभ भिडियो : निरन्जन थापा

More News last news
Loading...