काङ्ग्रेस भातृसंस्था दलित सङ्घको महाधिवेशन मिति तय

काठमाडौँ । नेपाली काङ्ग्रेस पार्टी निकट भातृ सङ्गठन नेपाल दलित सङ्घको पाचौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ २५ गते हुने भएको छ।

सङ्घको केन्द्रीय कार्यसमितिको यही चैत्र २३ देखि २५ गतेसम्म काठमाडौँमा बसेको पूर्ण वैठकले राष्ट्रिय महाधिवेशन अगामी जेठ २५ देखि २७ गतेसम्म रुपन्देहीमा भव्यताका साथ सफल बनाउने निणर्य गरेको सङ्घका महासचिव लक्ष्मी परियारले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

Advertisement

बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि आयोजक जिल्लाको समेत सहभागिता रहने गरी ५५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै सङ्घको नीति तथा कार्यक्रम, विधान मस्यौदासहितका १५ विभिन्न विषयगत समितिसमेत गठन गरेको छ।

“महाधिवेशनले नेपालको दलित आन्दोलनलाई समेत दलित समुदायबीच पु-याई समग्र नेपालको दलित आन्दोलनलाई नयाँ उचाइमा पु-याउँदै काङ्ग्रेसको मुख्य जनाधार बोकेको भातृ संस्थाको रुपमा गठित नेपाल दलित सङ्घको यस राष्ट्रिय महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा भर्ने विश्वास गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ।

 

More News last news
Loading...