‘रेमिट्याप’ डिजिटल वालेट सुभारम्भ, माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेलबीच सम्झौता

काठमाडौँ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुका अतिरिक्त बैंकका ग्राहकहरु लगायत सम्पूर्ण सर्वसाधरणको सुविधाका लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ।

आज एक कार्यक्रमकाबीच ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको सुभारम्भ भएको छ। यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने छ।

Advertisement

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहेका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन्। साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्फत गर्न सकिने प्रविधि समेत रहेको जानकारी दिए।

त्यसै गरी ए।एम।भी। टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहेका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफन्तलाई बैंककै खाता र वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालका १०,००० ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको बताए।

यस सेवाको सुभारम्भ सँगै माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’ वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन्। साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन्।

बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन्। यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड दवै अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागी उपलब्ध छ।

More News last news
Loading...