धनगढी । नेपालका कान्छा अभियान्ताको रुपमा परिचित केपी खनाल धनगढी पुगेका छन्।
आफ्नै नेतृत्वमा बाजुरामा निर्माणाधिन अनाथ आश्रमको निरिक्षणका लागि कान्छा अभियान्ता खनाल धनगढी पुगेका हुन्। धनगढी पुगेका खनाललाई आज जुनियर जेसिसले एक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको छ। जेसिसले आज स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।
जुनियर जेसी धनगढीका अध्यक्ष सन्तोस पन्तको सभापतित्वमा सुरुभएको कार्यक्रममा, कार्यक्रम संयोजक जुनियर जेसी महेश महता थिए भने कार्यक्रमको सञ्चालन जुनियर जेसी सुमन ढकालले गरेका थिए। करिव १ घन्टा कार्यक्रममा बोल्दै कान्छा अभियान्ता खनाले परिवर्तन आफैबाट सम्भव भएको बताउँदै सबैलाई मनैदेखि सफाइमा लाग्न अनुरोध गरे।
खनालले “सके हजार नसके प्रचार” अभियान संचालन गरि ५० लाखमा अनाथ आश्रम निर्माण थालेका थिए।
मानव विकास सुचांकमा नेपालको सबैभन्दा पुछार अर्थात ७७ औँ जिल्लाको रुपमा रहेको बाजुरामा अनाथ आश्रम सञ्चालन गरेर आश्रय नपाएर समस्यामा परेका अनाथ बालबालीकाहरुलाई सहयोग गर्ने योजना खनालको रहेको छ। अनाथ आश्रममा ५० भन्दा बढि अनाथ बालबालीकाहरुलाई आश्रय दिने व्यवस्था गरिने छ। बाजुरा बाहेक जिल्लाहरुमा पनि अनाथ तर आश्रय समेत नपाएर समस्यामा परेका बालबालीकाहरुलाई अनाथ आश्रममा राख्ने योजना अभियान्ता खनालको छ।
२०६८ सालमा बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान अहिले देशभरी नै विस्तार भएको छ। उनले कैलाली लगायतका देशका विभिन्न स्थानमा पनि सरसफाई अभियान चलाएका छन्। ‘म बदलिन्छु मेरो देश बदलिन्छ’, ‘दशा लागेकालाई यो दशैं’, ‘भोकै छ जुम्ला’ लगायतका अभियान सञ्चालन गरेर खनाल सामाजिक कार्यमा सक्रिय रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
