देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा मनाइएको छ । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सम्मेलन मनाइएको हो।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले मशाल बालेर सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनमा उल्लेख्य जनसहभागिता रहेको थियो। युवादेखि वृद्धवृद्धामात्र होइन महिलाहरू बच्चा बोकेर सम्मेलनमा देखिएका थिए।

Advertisement

कार्यक्रम सुरू हुनुअघि ७ वटा आर्कबाट निकालिएको जुलुस वर्तमान सरकार र व्यवस्थाकाविरूद्ध चर्का नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेको थियो।

कार्यक्रममा विभिन्न जातीय संस्कृति झल्कने नाच तथा झाँकी प्रस्तुत गरिएको थियो । समारोहको अध्यक्षता मोर्चाका अध्यक्ष सीपी गजुरेलले गरेका थिए।

More News last news
Loading...