घरको रौनक बढाउनको लागि मानिसहरु आफ्नो मन पर्ने रङ्गहरु छानेर घर रङ्ग्याउने गर्दछन् । सबैजना आफ्नो घरलाई अरुको भन्दा छुटै र राम्रो देखाउन खोज्दछन्, त्यसैले उनीहरु आफ्नो मन पर्ने रंग घरमा लगाउने गर्दछन् । तर तपाईहरुलाई यो थाहा छ कि छैन घरमा राशि अनुसार रंग लगाउनाले मानिसहरुलाई सुख दु:ख मिल्ने गर्दछ । यदी तपाई आफ्नो राशि अनुसार घरमा रंग लगाउनु हुन्छ भने तपाईलाई खुसि नै खुसि मिल्नेछ । आउनुहोस् जानौँ कुन राशि भएको मानिसले आफ्नो घरमा कस्तो रंग लगाउँदा राम्रो हुन्छ भनेर :
१. मेष
मेष राशि हुने मानिसहरु स्वाभाव एकदमै चनचले र डरलाग्दो हुन्छन्। यस राशि हुने मानिसहरु आफ्नो घरमा रातो, पहेलो, गुलाबी र सुन्तला रंग लगाउनु पर्दछ । यस संगै आफ्नो सुत्ने ओछ्यान, तन्ना र पर्दा लगायतका समानहरु पनि यहि रंगको भए झन् राम्रो हुने गर्दछ।
२. वृषभ
यस राशि भएको मानिसहरुले घर सजाउनको लागि निलो र सेतो रंगको प्रयोग गर्दा एकदमै राम्रो हुने गर्दछ । यसै गरी घरको भित्तामा पहेलो, क्रीम अथवा सेतो रंग लगाउनाले घरमा सकरात्मक सोच रही रहन्छ ।
३. मिथुन
मिथुन राशि हुने मानिसहरु हल्का डरलाग्दो र कठोर मुटु भएका हुन्छन् । यसै कारण यस राशि हुने मानिसहरुले आफ्नो घरमा फिका हरियो, फिका निलो, सुन्तला रंग र रातो रंग लगाउनु पर्ने हुन्छ । यस तरिकाले घर सजाउनाले घरमा लडाई झगडा हुदैन र जहिले पनि शान्ति भई राख्छ।
४. कर्कट
कर्कट राशि हुने मानिसहरु सेतो, सिल्वर र क्रीम रंग लगाउदा भलो हुने गर्दछ । यस राशि हुने मानिसहरुले उत्तर-पूर्व दिशाको कुनातिर पानीको घडा या पानीको तस्विर राखेमा राम्रो हुने गर्दछ।
५. सिंह
यस राशि हुने मानिसहरु एकदमै रिशाहा स्वभावका हुन्छन् । आफ्नो रिशमा काबु पाउनको लागि यो राशि हुने मानिसहरुले आफ्नो घरमा सेतो, सिल्वर र गोल्डन पहेलो खालको रंग लगाउदा राम्रो हुने गर्दछ ।
६. कन्या
यस राशि हुने मानिसहरुको लागि फिका हरियो, फिका निलो, क्रिम र सुन्तला रंग लगाउनाले एकदमै शुभ मानिन्छ । यसैको साथ-साथै कन्या राशि हुने मानिसहरुले आफ्नो घरको आँगनमा तुलसीको बोट रोप्नाले यस राशि हुने मानिसहरु धेरै तरिकाको रोगहरुबाट छुट्कारा पाउन सक्छन्।
७. तुला
तुला राशि हुने मानिसहरुको लागि क्रिम, सेतो, फिका पहेलो, पिंक अथवा फिका निलो रंग लगाउदा राम्रो हुन्छ । यस्तो रंग लगाउनाले घरमा कुनै खालको बडा अड्चन आउँदैन ।
८. वृश्चिक
यस राशि हुने मानिसहरु प्रकृति प्रेमी, शान्त स्वभाबको साथ-साथै प्रतिबन्ध भावना भएका हुन्छन् । यस राशि हुने मानिसहरुले रातो, फिका पहेलो र सुन्तला रंगहरु को धेरै प्रयोग गर्नु पर्ने हुन्छ ।
९. धनु
धनु राशि हुने मानिसहरुले आफ्नो घर सजाउनको लागी पहेँलो, रातो अथवा सुन्तला रंगको प्रयोग गर्नु पर्ने हुन्छ । यसो गर्दा परिवारमा प्रेम र विस्वास बढ्ने गर्दछ ।
१०. मकर
यस राशि हुने मानिसहरुलाई जिन्दगीमा सुख पाउनको लागि निलो, हरियो र कालो जस्ता रंगको प्रयोग गर्नु पर्ने हुन्छ । यो रंग मकर राशिको मानिसहरुलाई एकदमै शुभ मानिने गरिन्छ ।
११. कुम्भ
यस राशिको मानिसहरु संवेदनशील र मेहनती हुने गर्दछन् । घरलाई राम्रोसंग सजाउनको लागि र घर परिवारको सुख शान्तिको लागि निल गाडा, निल हरियो, कालो र कलेजी रंगहरुको प्रयोग गर्नु पर्ने हुन्छ ।
१२. मीन
यस राशिको लागि पहेँलो, क्रिम अथवा गोल्डेन रंग शुभ मानिने गरिन्छ । यी रंगहरुको प्रयोग गर्नाले घरमा सुख शान्ति भइरहन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
