भक्तपुरमा भेटियो बर्डफ्लु, ३ हजार कुखुरा नष्ट

भक्तपुर । देशका केही जिल्लामा देखिँदैै आएको बर्डफ्लु भक्तपुरमा समेत देखिएको छ ।

सूर्यविनायक नगरपालिका वडानम्बर ४ दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्याहाँका कुखुरा बुधबार बेलुका नष्ट गरिएको छ ।

Advertisement

दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो । एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पतालका पशुसेवा ढकालले जानकारी दिए ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।

More News last news
Loading...