धनकी देवी मानिने लक्ष्मी मातालाई प्रसन्न गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय र कार्यहरु गर्ने गर्दछन् । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । हिन्दु धर्मअनुसार, यदि तपाई देवी लक्ष्मीलाई खुशी राख्न र उनलाई आफ्नो घरमा आकर्षित गर्न सक्षम हुनुभयो भने धन र समृद्धिले तपाइलाई कहिले पनि छोड्ने छैन ।
देवी लक्ष्मी धन, भाग्य, प्रेम र सौन्दर्यकी देवीको रुपमा मानिन्छ । उनलाई चंचल स्वभावको पनि मानिन्छ किनकि उनि एकै ठाउँमा स्थायी रुपमा बस्न सक्दिनन् भन्ने विश्वास पनि रहेको छ । विशेष गरि शुक्रबारको दिन माता लक्ष्मीको वर्त बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ जसले जीवनभर तपाईको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउछ। विशेष गरि शुक्रबारको दिन वर्त लिएर देवी लक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ।
यस दिन व्रत लिने व्यक्तिले फलाहारका रूपमा चना र सक्खरको प्रयोग गर्नुपर्छ । यस व्रतमा अमिलो खानु ठूलो त्रुटि मान्ने गरिन्छ, त्यसैले यस दिन कुनै किसिमका अमिलो चिजबीज चलाउनु र खानु पूर्णरूपेण निषेध गर्नु आवश्यक हुन्छ। अतः देवी लक्ष्मी माता व्रत गरेको दिन व्रतालुले मात्र होइन, घरपरिवारका कुनै पनि सदस्यले अमिलो पदार्थ खानु वा चलाउनु हुँदैन।
पूजा विधि
विहान सबेरै उठेर पूर्ण शरिर नुहाई शुद्ध कपडा लगाएर लक्ष्मी मातासंगै अन्य भगवानको नियमित पूजा गर्नुहोस्। त्यसपश्चात चना ,सक्खर आदी खान सक्नुहुनेछ र दिउँस सन्तोषी माता कथा पढ्ने र अन्य व्यक्तिहरुहरुलाई समेत सुनाउने गर्नुपर्छ। कथाको प्रारम्भमा पूजास्थलमा चना र सक्खर भरिएको डालोमाथि पवित्र जलले भरिपूर्ण एउटा ठूलो कलशको स्थापना गरी त्यसलाई अबीर र केशरीले सिङारेर पूजा गरिदिनु पर्दछ । त्यसपछि साँझको समयमा माता लक्ष्मीको आरती गरेर कलशको जल तुलसीको मोठमा वा तुलसीको फेदमा सेलाउनु पर्छ।
यसरी विधिवाट रुपमा देवी लक्ष्मी पूजा गर्दा सुख र शान्तिको आगमन हुनुको साथै बालबच्चाहरूका बालग्रह र रोगव्याधिको अन्त्य हुन्छ । मनका समस्त शोक, विपत्ति, चिन्ता समाप्त हुन्छन् र जीवनमा प्रशस्त धन आर्जन गर्न सकिने विश्वास गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
