काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वारा जिल्लामा हावाहुरी र आँधीमा ज्यान गुमाउने प्रतिपरिवारलाई ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन्।

आज (मंगलबार) बाराको बेलहियामा आँधी प्रभावित परिवारलाई भेटेर सम्बोधन गर्दै प्रचण्डले मृतकका प्रतिपरिवारलाई ५ लाखका दरले राहत सहयोग गर्ने घोषणा गरेका हुन्।

अध्यक्ष प्रचण्डसँगै खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रिका यादव तथा नेकपाका प्रदश नम्बर २ का इन्चार्ज प्रभु साह बारा पुगेका थिए।

प्रचण्डसहितको टोली बीरगञ्जस्थित नारायणी अस्पता, नेश्नल मेडिकल कलेज लगायतमा अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए। आइतबार साँझ आएको आँधीका कारण बारा र पर्साका २९ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्।




![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
