बारा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका छन् ।
आइतबार साँझ आएको हुरीले क्षती पुर्याएको स्थान फेटा गाँउपालिका पुगेका सभापति देउवाले पीडितलाई पार्टीको तर्फबाट २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
हावाहुरीपछिको उद्दार र राहातमा केन्द्र सरकारको उपस्थिति कमजोर भएको देउवाको दाबी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
