वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा पुगेर घाइते भएकाहरुसँग भेट गरेका छन्।
देउवाले मंगलबार बिहानै वीरगंजको नारायणी अंचल अस्पतालमा पुगेर हावाहुरीका कारण घाईते भएकासँग भेट गरेका हुन्।
भेटपछि देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवश्यक रहेको भन्दै सरकारलाई केही चिकित्सक र स्वास्थ्यकर्मी केन्द्रबाट पठाउन पनि माग गरेका छन्। उनले त्यसको प्रवन्ध गर्न आफूले सरकारसँग सक्दो पहल गर्ने बताएका छन्।
आइतबार साँझ बारा पर्सा लगायत तराईका केही जिल्लामा अचानक आएको हावाहुरीका कारण २९ जनाको ज्यान गएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
