हावाहुरी प्रभावितलाई प्रतिपक्ष काँग्रेसका सांसदद्धारा २ दिनको तलब सहयोग

काठमाडौं । नेपाली काँग्रेसले संघीय संसदमा प्रतिनिधत्व गर्ने आफ्ना सासंदहरुको दुई दिनको तलब हावाहुरीबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

आज नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक बिज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेको हो ।

Advertisement

जारी बिज्ञप्तिमा भनिएको छ,‘चैत्र १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने मानननीय सदस्यज्यूहरुको दुई (२) दिनको तलब बारबारको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ ।’

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले बारा पर्साका हावाहारी प्रभावितहरुका लागि एक दिनको तलब सहयोग गर्ने निर्णय गरेको थियो ।

बिज्ञप्ति हेर्नुहोस् : 

(बिज्ञप्ति नेपाली काँग्रेस संसदीय दलको फेसबुक पेजबाट) 

More News last news
Loading...