नियमित पूजा गर्दा कहिले पनि नगर्नुस् यी ७ गल्ति !

हिन्दू धर्ममा हरेक देव देवताको छुटै महत्व रहने गर्छ भने सबैको नियमित रुपमा वा विशेष दिन परेर पूजा आराधना गर्ने गरिन्छ। मान्छेहरु सम्भव भएसम्म मन्दिर गएर भगवानको दर्शन गरि पूजाआजा गर्ने गर्छन भने मन्दिर सम्म पुग्ने अवस्था नरहेकाहरुले घर राखेका देव देवताहरुको पूजा आराधना गर्ने गर्दछन्।

यसरी विहान सबेरै उठी पूर्ण शरीर नुहाएर भगवानको पूजा आजा गर्दा राम्रो प्रतिफल मिल्ने र जीवनमा सोचे अनुसारको सफलता हँसिल गर्न सकिने विश्वास रहेको छ। हरेक भगवानलाई प्रसन्न गराउनको निम्ति पूजा आजा विधिवत रुपमा पूजा आराधना गर्ने गरिन्छ। आज हामी तपाईहरुलाई हरेक भगवानको पूजाआजामा ध्यान दिनुपर्ने केही कुराहरु बताउन जाँदै छौँ जसबाट जीवनमा अधिक लाभ प्राप्त गर्न अवसर मिल्नेछ।

Advertisement

१. पूजाआजा गर्दा झुक्केरपनि निलो वा कालो रंगको कपडा लगाउनु हुँदैन। यसो गर्दा पूजानै अपूर्ण हुने र भगवानको कृपा प्राप्त नहुने मान्यता रहेको छ।

२. गलत तरिकाबाट कमाएको पैसा भगवानलाई भेटि स्वरुप चढाउने गर्दा प्रतिफल नराम्रो हुने भएकाले यो कार्यबाट बच्न आवश्यक रहन्छ।

३. हरेक दिन भगवान शिवको पूजा गर्नु अघि पूर्ण शरिर नुहाउन आवश्यक हुन्छ अन्यथा पूजा अपूर्ण हुने र ठूलो पाप भोग्नु पर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

४. शारिरिक सम्बन्ध राखे पश्चात पूर्ण शरिर ननुहाई पूजाआजा गर्नु ठूलो अपराध हुने कुरा शास्त्रले भनेको छ र यसो गर्दा ठूलो पाप व्यहोर्नु पर्नेहुन्छ।

५. यदि तपाई कुनै रिसमा हुनुहुन्छ भने यस्तो बेलामा भगवानको पूजा गर्नु गलत हुन्छ। यस्तो बेलामा पूजा गर्दा प्रतिफल नराम्रो हुने र जीवनमा हरेक समस्याको समना गर्नुपर्ने मान्यता रहेको छ।

६. कुनैपनि समयमा भगवानको पूजा वा आरती गर्दा अँध्यारो राख्नु हुँदैन। शास्त्रका अनुसार यसो गर्नु कुनै अपराध भन्दा कम मानिदैन। सर्वाप्रथान पूजा गर्ने स्थानमा बत्ति बलि उल्यालो बनाउन आवश्यक हुन्छ।

७. यदि तपाईले केही चिज खाएर र मुख समेत नधोई गर्नुभएको पूजा अस्विकार हुने हुँदा यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

More News last news
Loading...