ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ स्थित भडारेखोलामा जीप दुर्घटना हुदा ६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी ३ जना घाईते भएका छन् ।
सोलुखुम्बुबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०७ नंम्बरको जीप सडकबाट खसेको जनाईएको छ।
मृत्यू हुनेमा सोलुखुम्बुका ५५ बर्षिय मिङमा शेर्पा, ४५ बर्षिय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ।
घाईतेलाई प्राथमिक उपचार घुर्मिमा भईरहेको छ । प्राईभेट स्कार्पियो जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको सूचना प्राप्त भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
