पूर्वमन्त्री साह सहित ७ जनालाई जन्मकैदको फैसला

 

काठमाडौँ । जनकपुर बमकाण्डमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह ‘टक्ला’ सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

विहिवार जिल्ला अदालत धनुषाले न्याययधीश जयशकुमार कटुवालको एकल इजलासमा ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरीले जानकारी दिए।

Advertisement

टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो।

२०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा मिथिला आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए।

सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो । विस्फोटमा परी झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दास र रञ्जु झाको मृत्यु भएको थियो।

२०६४ सालको चुनावमाविजय गच्छदार नेतृत्वका तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट धनुषाको क्षेत्र नं. ४ बाट विजयी भएका थिए।

यसैगरी, दोश्रो संविधानसभा चुनावमा राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीको तर्फबाट धनुषा क्षेत्र नं. ३ बाट विजयी भएका थिए।

More News last news
Loading...