अनुगमनका लागि प्रतिनिधि पठाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टी संयन्त्रको अनुगमनका लागि ७७ जिल्लामा केन्द्रिय प्रतिनिधि पठाउने तयारी गरेको छ।

प्रतिनिधिका रुपमा अधिकांश केन्द्रिय सदस्यहरु नै जानेछन्। जिल्ला कार्यसमिति, निर्वाचन क्षेत्रीय समिति कसरी सञ्चालन भइरहेका छन् ? बैठकको अवस्था के छ ? पदाधिकारी तथा सदस्य नियुक्तीको अवस्था के छ ? कार्यप्रगति के कति भएको छ ?अप्ठेराहरु के के छन् ? सबै अध्यायन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी केन्द्रिय प्रतिनिधि खटाउन लागिएको हो।

Advertisement

साथै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको समायोजन, प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिको गठन, पालिका समितिको समायोजन तथा गठनको विषयमा पनि केन्द्रिय प्रतिनिधिहरुले स्थलगत अध्यान गरी सुझाव ल्याउनु पर्ने छ।

कतिपय जिल्ला समितिहरु विधान विपरित र हचुवाको भरमा चलेको गुनासो आएपछि केन्द्रले स्थलगत अनुगमन गर्न लागेको बुझिएको छ। समाचारस्रोतका अनुसार नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले ८५ जनालाई आमन्त्रित जिल्ला सदस्यका रुपमा मनोनयन गरेका छन्।

यस्तो बद्मासी अरु जिल्लामा पनि भएको हुनसक्ने आशंका गरिएको छ।

More News last news
Loading...