काठमाडौं । दक्षिण कोरियामा कर्यरत एक नेपालीको सोमबार निधन भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ।
बिगत ८ बर्षयता दक्षिण कोरियाको राजधानी सोलको एक कप्पनीमा कार्यरत कन्दङ्वा सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण कोरियामै कार्यरत उनका दाई चिन्तित कन्दङ्वाले बताएका छन्।
उनी कोरियाकोे पहिलो कन्ट्रयाक पुरा गरेर ईपीएस मार्फत दोस्रो पटक त्यस कम्पनीमा गएका थिए। उनको परिवारमा बुवा, आमा र चार दिदी सहित श्रीमति छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
