पोखराको रेस्टुरेन्टमा प्रहरी छापा, विदेशीसहित ५८ पक्राउ

पोखरा । प्रहरीले पोखराको एक रेस्टुरेन्टबाट विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको छ। लेकसाइडमा सञ्चालित रेस्टुरेन्टमा आयोजित टान्सपार्टीमा होहल्ला भएपछि प्रहरीले आइतबार राति उनीहरुलाई पक्रेको हो।

वडा प्रहरी कार्यालय, वैदामका प्रमुख डीएसपी कोमल साहले ठूलो आवाजमा गीत बजाएर होहल्ला गरेपछि विदेशीसहित ५८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

Advertisement

नियन्त्रणमा लिइएका २८ विदेशीलाई भने छाडिसकिएको साहले बताए। होहल्ला गर्नमा विदेशीको संलग्नता नभेटिएपछि छाडिएको जानकारी उनले दिए।
बाँकी युवाको समूहलाई बैदाम प्रहरी पोस्टमा राखेर अनुसन्धान भइरहेको साहले बताए।

More News last news
Loading...