काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सूरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कूरा उल्लेख गरेर ल्याईन लागेको विधेयक नेपाली कांग्रेसले कूनै पनी हालतमा स्वीकार्य नहुने बताएका छन ।
नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितीले चितवनको टॉडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन डा कोइरालाले भने,प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक विधेयक जून दिन पास हून्छ त्यही दिनदेखी लोकतन्त्र समाप्तीको बाटोतर्फ लाग्छ। लोकतन्त्र बिरोधी र निरंकूशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्विकार्न सकिन्न।
कोइरालाले यो बिधयकले नेपाली सेनाको मनोबल घटाएको पनी बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
