दाङ । लखेटी लखेटी चिर्पटले हान्दै मानिस कुटेर दाङमा एक जना जनप्रतिनिधि फरार भएका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिर्पटले कुटेर फरार भएको छ।
बिहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका,संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई लखेटी लेखेटी हात खुट्टा तथा चिर्पटले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न रहेका मध्य रोका र विश्वकर्मालाई पक्राउ गरेको तथा अन्यको खोजी भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
