आज तराईमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । तराईका अधिकांश जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

उपत्यका लगायत पहाडी जिल्लामा हिजो होली मनाइए पनि तराईका जिल्लाहरुमा भने आज धुमधामका साथ यो पर्व मनाउने गरिन्छ। होली पर्वको अवसरमा आफूभन्दा ठूला मान्यजनवाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्शिवाद लिने गरिन्छ। पछिल्लो समय घरवाट वाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रुपमा पनि यो पर्व चिनिन थालेको छ।

Advertisement

बीरगंजमा विभिन्न संघ संस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका छन्। यस्तै तराईका अधिकांश जिल्लामा यस पर्वमा मट्का फोर कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यो कार्यक्रममा झुण्ड्याइएको माटोको भाँडा युवाको समूहले सामूहिक रुपमा फुटाउने गर्दछन्।

माटोको भाँडा फुटाउने युवाहरुलाई आयोजकले पुरस्कार स्वरुप खाने कुरा, रुपैंया पैसा समेत दिने गर्दछन्। यो परम्परा पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको छ।

More News last news
Loading...