दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ।

पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो।

Advertisement

अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन्।

श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन्। उजुरीमा दाहाललाई ‘परिचित आतंकवादी’ भनिएको छ।

उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ।

More News last news
Loading...