सांसद नविना लामा अस्पताल भर्ना, छातीमा समस्या देखियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ एवम प्रतिनिधिसभा सदस्य नवीना लामा अस्पताल भर्ना भएकी छन्।

छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको लामा निकट स्रोतले जनाएको छ।

Advertisement

अहिले सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। सांसद् लामालाई आज मंगलबार डिस्चार्ज गर्ने अस्पतालले जानकारी दिएको छ।

More News last news
Loading...