माधवको चेतावनीले ओलीलाई समस्या, एकताप्रक्रिया लम्बियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो।

प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो। तर शीर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन।

Advertisement

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउने बारेमा अनौपचारिक छलफल भएपनि सहमति जुट्न नसकेको बताइएको छ। अध्यक्षद्धयले मात्र गर्ने निर्णय मान्य नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि सांगठानिक एकता प्रक्रिया थप जटिल बनेको छ।

More News last news
Loading...