हिन्दू ग्रन्थअनुसार, भगवान हनुमानलाई रुद्रको ११औँ अवतार मानिएको छ। यही कारण अनौठो शिव लीलाहरु जस्तै हनुमानसँग जोडिएका पौराणिक प्रसंग उनको शक्तिलाई उजागर गर्छ। शास्त्रहरुमा सनुजस्तै चम्किला, चट्टानजस्तै शरीर भएका, सबै गुणले भरिएका स्वाी, ज्ञानी, रामका परम भक्त श्री हनुमानको बारेमा जान्नुहोस् केही रोचक प्रसंग।
एक पटक भगवान शिवले माता पर्वतीको इच्छाअनुसार सुनको महल बनाए । तर, ब्राम्हणको भेषमा आएर भक्त रावणले महल मागेपछि पार्वतीसहित दान गरिदिए । यो देखेर पार्वती माता रिसाइन् । शिवले उनलाई मनाउँन एउटा वचन दिए, ‘त्रेतायुगमा म बाँदरको अवतार लिनेछु, त्यस सयम तिमी मेरो पुच्छर बन्नु । जब म सिता माताको खोजीका क्रममा यही सुनको महल अर्थात् लंका पुग्छु, तिमी पुच्छर बनेर लंकालाई आगो लगाएर दण्डित गर्नु । यो प्रसंग श्री हनुमानले लंकादहनको एक कारण मानिएको छ।
एक पटक हनुमान श्री रामको दरबारमा खानका लागि बसे । माता जानकीले खाना थपिदिइरहिन्, तर हनुमानको पेट भरिएन । फेरि सीताले पनि केही समयसम्म थपिरहिन्, फेरि पनि हनुमानको पेट नभरिएपछि उनले तुलसीको एक पातमा राम नाम लेखिन् र भोजनमा राखिदिइन्। तुलसी पत्र खाएपछि बल्ल हनुमान अघाए र भगवान शिव शंकर प्रसन्न भएर आशिर्वाद दिए, ‘तपाईको राम भक्ति युगसम्म सम्झिइनेछ र तपाई संकट मोचन भनेर चिनिइने छ ।
हनुमानको सबैभन्दा दुर्लभ रुपमा पंचमुखी रुप हो । राक्षहरुको वध गर्नका लागि हनुमानले यो रुप लिएको मानिन्छ।
हनुमानको रौँ–रौँमा रामको ध्वनी आउँछ भनिन्थ्यो । एक पटक माता सीता तथा अन्य व्यक्तिहरुलाई विश्वास दिलाउँन हनुमानले आफ्नो छाती चिरी हृदयमा बसेको राम र सीताको तस्विरलाई सभामा उपस्थित व्यक्तिहरुलाई देखाएका थिए । भक्तिको यो पराकाष्ठा देखेर भगवान रामले हनुमानलाई अँगालो हालेका थिए।
राज्याभिषेक पछि उपहार दिने क्रममा रामले हनुमानलाई आफ्नो गलामा भएको मोतीको माला दिएका थिए, जुन एकदमै मुल्यवान थियो। तर, उनले ति सबै मोतीका दानालाई टोकेर फुटाई दिए । किन यस्तो गर्यौ भन्ने सिताको प्रश्नमा उनले जुन वस्तुमा राम नामको ध्वनि सुनिइदैन त्यो उनको लागि व्यर्थ हुने बताए।
हनुमानलाई सिन्दुर निकै प्रिय लाग्ने बताइन्छ। एक पटक सीताको कक्षमा हनुमान पुगे, जहाँ सिता आफ्नो सिउँदोमा रातो रंगको वस्तुले रंगाउँदै थिइन्। हनुमानले सोधेपछि सीताले प्रभु रामको आयु बढ्छ र प्रभुको स्नेह प्राप्त हुन्छ भनी उत्तर दिइन्। यो सुनेर रामको लामो आयु र स्नेह पाउनका लागि हनुमानले शरीरभरि सिंदुरले पोतका थिए। त्यसैले हनुमानलाई हिन्दुर लगाउँन मन पर्छ भनिन्छ।
हनुमान भगवान शंकरका अवतार, वायुका पुत्र, अंजनीका पुत्र, केसरीका पुत्र, सीता र रामको मानेका आज्ञाकारी पुत्र हुन् । सुर्य देव हनुमानका गुरु हुन् । जुन काम श्री रामले गर्न सकेनन्, त्यो काम रामको नाम लिँदै हनुमानले गरे ।
हनुमानले पुल बिनै समुद्र पार गरे । रावणका अमर राक्षसलाई यति टाढा फ्याके कि पृथ्वीको गुरुत्वआकर्षणभन्दा बाहिर पुगे र ति राक्षस कहिल्यै फर्केर आउन सकेनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
