काठमाडौँको घट्टेकुलो चोकमा शंकास्पद बस्तु फेला

काठमाडौं । काठमाडौंको घट्टेकुलो चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ।

स्थानीयले बुधबार साँझ कालो झोलामा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Advertisement

घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको महानगरीय प्रहरी बृत्त सिंहदरबारमा डीएसपी काजीकुमार आचार्यले जानकारी दिए।

विप्लव नेतृत्वको नेकपाले बिहिबार नेपाल बन्दको घोषणा गरेको र त्रास फैलाई बन्द सफल पार्न बम राखेको हुन सक्ने आशंका गरिएको छ।

मंगलबारमात्रै सरकारले विप्लव समूहलाई राजनीतिक गतिविधि गर्नबाट बन्देज लगाउने घोषणा गरेको थियो।

More News last news
Loading...