काठमाडौं । भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८-१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।
नेपालका ५० जिल्लाको विद्याथीहरुले एमबीबीएस, बिडीएस, बिई, बिएससी, बिबिए, बिकमलगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउने भएका छन।
छात्रवृत्ति पाउने विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन्। होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहमा शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेका थिए।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
