मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, २ जनाको मृत्यु, १८ घाईते

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर –२, धरमपानीमा मंगलबार जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा काभ्रे पाँचखाल लामिडाँडा घर भएका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ वर्षीय विकास धमला रहेको सशस्त्र प्रहरी गण हेटौंडाका डीएसपी अमर खत्रीले बताउनुभयो ।

Advertisement

घाइते सबैको अहिले हेटौँडामा उपचार भैरहेको छ । घाइतेहरुमध्ये १२ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोक मार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२, धरमपानीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

भक्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा-५, पिप्लेमा दुलही अनुसा भट्टलाई लिनका लागि जन्ती आउने क्रममा बस दुर्घटनामा परेको थियो ।

जन्ती बोकेर आएको तीन वटा बसमध्ये सबैभन्दा पछाडिको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

More News last news
Loading...