ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी गर्ने गर्छन् र ति भविष्यवाणीहरू पुग्ने गर्छन् पनि ।
केही महिना अघि पनि उनले अन्यभन्दा पनि राजनीतिक व्यक्तिको दुर्घटना हुनसक्ने बताएको अन्तर्वार्ता प्रकाशन भएको थियो । तर त्यतिबेला नक्कली ज्योतिषहरूको आतंक मच्चिरहेको ले त्यसतर्फ कसैको खासै वास्ता पुगेन होला । तर उनले भनेजस्तै राजनीतिक पात्रको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि फेरि उनले भनेको मिलेको मान्छेहरूले महसूस् गरे ।
फेरि पनि ज्यो. सुवेदीले एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । अन्तर्वार्ताको भिडियोमा अझै राजनीतिक पक्षको व्यक्ति र राजनीतिक व्यवस्था नै पनि दुर्घटनामा पर्नसक्ने उनको भनाई देखिन्छ ।
के नेपालमा राजसंस्था आउने सम्भावना छ ? वर्तमान सरकारको आयु कति ? लगायत अरु धेरै महत्त्वपूर्ण एवं गम्भीर सवालमाका प्रश्नहरूमा उनले अन्तर्वार्ताको क्रममा भविष्यवाणी गरेका छन् ।
संविधान जारी गर्दाको ग्रह अनुकूल नपरेको बताउँदै अन्तर्वातामा सुवेदीले नेपालमा राजसंस्था पुनःस्थापित हुने र नेपालको लागि राजसंस्था बढी हितकर हुने बताएका छन् । साथमा उनले नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने पनि गर्नपर्ने विषयको बारेमा पनि उनले वताएका छन् । ज्यो. सुवेदीले राजा विरेन्द्रको मृत्युको भविष्यवाणी लगायत धेरै विषयमा ज्योतिषीय फलादेश गरेका थिए।
राजनीतिक मात्रै नभएर ज्योतिषशास्त्रबाट कसरी बढीभन्दा बढी फाइदा उठाउने, आमसर्वसाधारणहरूलाई पर्ने दुःखकष्ट, संघर्षबाट कसरी मुक्ति पाउने जस्ता विषयमा पनि व्यवहारिक तरिकाबाट उनले अन्तर्वार्तामा अथ्र्याएका छन्।
भिडियोमा हेर्न सक्नुहुनेछ ज्यो. सुवेदीसँगको अन्तर्वार्ता
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
